pdf paper

2070-12-25

2070-12-26

2070-12-27

2070-12-28

2070-12-29

2070-12-30

Posted in April 2014 | Leave a comment

pdf paper

2070-12-25

2070-12-20

2070-12-21

2070-12-22

2070-12-23

2070-12-24

Posted in April 2014 | Leave a comment

pdf paper

2070-12-05

2070-12-06

2070-12-07

2070-12-08

2070-12-09

2070-12-10

2070-12-11

2070-12-12

2070-12-13

2070-12-14

2070-12-15

2070-12-16

2070-12-17

2070-12-18

2070-12-19

Posted in April 2014 | Leave a comment

विश्वकपमा नेपालको पहिलो खेल, सानदार जित

resize_imageविश्वकप टि–ट्वान्टी प्रतियोगितामा पहिलो पटक सहभागी नेपालले आफ्नो पहिलो खेलमा नै ठूलो जित हात पार्न सफल भएको छ ।
बंगलादेशको चटगाउ“मा आइतबार भएको खेलमा नेपालले हङकङलाई ८० रनको फराकिलो अन्तरले हराएको हो । टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको नेपालले ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । १ सय ५० रनको विजयी लक्ष्य हङकङका लागि नेपाली बलर चम्के पछि ठूलै पहाड साबित भयो । नेपाली बलर अगाडी टिक्न नसकेको हङकङ १७ औं ओभरमा ६९ रनमा घुडा टेक्न बाध्य भयो ।
हङकङलाई सस्तैमा समेट्ने क्रममा म्यानअफ द म्याच शक्ति गौचनले किफायती बलिङ गर्दै ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै बसन्त रेग्मीले पनि ४ ओभरमै १४ रन खर्चेर ३ विकेट लिए ।
यस्तै तीन ओभर बलिङ गरेका सोमपाल कामीले १३ रन खर्चेर २ विकेट लिएका थिए । कप्तान पारस
खड्का र जितेन्द्र मुखियाले समान १–१ विकेट लिए ।
नेपालका लागि १ सय ४९ बनाउन उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४८ रनको योगदान दिए । ४१ बल खेलेका ज्ञानेन्द्रले १ छक्का र ४ चौका प्रहार गरेका थिए ।
यस्तै पारस खड्का ३६ बल खेल्दै ३९ रनमा क्याचआउट भए । पारसले चार चौका प्रहार गरेका थिए । शरद भेसवाकरले १४ रन बनाए ।
यस्तै ओपनर सुबास खकुरेलले २२ रन बनाए । १६ बल खेलेका खकुरेलले ४ चौका प्रहार गरेका थिए । यसैगरी २ चौका हानेका सागर पुनले १३ बल खेलेर १३ रन बटुलेका थिए ।
होलीमा रमाएका क्रिकेट प्रेमी नेपालीको खुशी क्रिकेटमा घरेलु टोलीले जितेपति दोब्बर भएको छ ।
त्यस्तै सोमबारै आयोजक बंगलादेश र अफगानिस्तान बीच भएको प्रतियोगितामा बंगलादेश ९ विकेटले विजयी भएको छ ।
टस हारेर व्याटिङ्गको निम्तो पाएको अफगानिस्तानले दिएको ७३ रनको चुनौति बंगलादेशले ९ ओभरमा भेट्टायो । अफगानिस्तानले १९ दशमल १ ओभरमा सबै विकेट गुमाउ“दै ७२ रन बनाएको थियो ।
समूह ‘ए’ मा नेपाल, हङकङ, बङगलादेश र समूह ‘बी’ मा आयरल्यान्ड, नेदरल्यान्ड्स, युएई र जिम्बावे छन् । सन् २००७ देखि भएको टि–ट्वन्टी विश्वकप क्रिकेट प्रतियोगिताको यो पा“चौं संस्करणको खेल हो ।

2070-12-01

2070-12-02

2070-12-03

2070-11-22

2070-11-23

2070-11-24

2070-11-25

2070-11-26

2070-11-27

2070-11-28

2070-11-29

2070-11-30

Posted in March 2014 | Leave a comment

दैनिक नेपालगन्जको आर्थिक सहयोगमा भलिबल संघद्वारा प्रकाशित प्रधानमन्त्री कप इन्डो नेपाल आमन्त्रण महिला भलिबल प्रतियोगिता २०७०को स्मारिका

volleyball

Posted in March 2014 | Leave a comment

निजी विद्यालय नियमन, आज अदालतले के भन्ला ?

शिक्षा ऐन, नियमावली र निर्देशिका बमोजिम विद्यालय वर्गीकरण लगायतका विषयमा संस्थागत विद्यालयहरुले काम नगरिरहेको रिटमा आज बुधबार पुनरावेदन अदालत नेपालगन्जमा अन्तिम सुनुवाई हुने भएको छ ।
झण्डै एक बर्षअघि गत बैशाख ९ गते पुनरावेदन अदालत नेपालगन्जमा अधिवक्ता लोकबहादुर शाह समेतका ५ जनाले दायर गरेको निषोधाज्ञा परमादेशको रिट निवेदन उपर आज अन्तिम सुनुवाई हुने भएको हो । रिट दायरकर्ता मध्येका अधिवक्ता विश्वजित तिवारीका अनुसार, सो मुद्दामा वरिष्ठ अधिवक्ताहरु सहित आधा दर्जन बढीले बहसका लागि तयारी गरिरहेका छन् ।
अधिवक्ता इश्वरी ज्ञवाली, अधिवक्ता प्रह्लाद बहादुर कार्की र सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष सुदिप कुमार भट्टराई सहितले विभिन्न ३ बुंदे माग दाबी सहित रिट निवेदन दर्ता गराएका थिए । त्यसउपर गत बैशाख ९ गते नै तत्कालीन मुख्य न्यायाधीश केशव प्रसाद मैनालीले जारी गरेको अन्तरिम आदेशलाई बैशाख २२ गते न्यायाधीश प्रकाश कुमार ढंगाना र शिवराज अधिकारीको संयुक्त इजलासले निरन्तरताको आदेश दिएको थियो ।
निवेदकले ऐन बमोजिम विद्यालय व्यवस्थापन समिति गठन गर्न लगाउने, अनुगमन र नियमन, निर्देशिका बमोजिम विद्यालय वर्गीकरण र शुल्क अनुगमन समिति गठन गर्न लगाउने लगायतका मागमा परमादेशको आदेश माग गरेका थिए ।
संस्थागत विद्यालयहरुले शैक्षिक सत्रमा शुल्क लिनुभन्दा पूर्व कानुनी प्रक्रिया अवलम्वन गरी विद्यालयको वर्गीकरण गराएर जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था पनि माग गरिएको छ ।
सोही निवेदन उपर असोज २ गते जिल्ला शिक्षा कार्यालय बा“केका नाममा ३ बुंदे आदेश गर्दै पुनरावेदन अदालतले विवरण माग गरेको छ । ‘शैक्षिक सत्र प्रारम्भ हुन दुई महिना बा“की रहेकाले अबको अन्तिम सुनुवाई निकै महत्वपूर्ण छ’, निवेदक शाहले दैनिक नेपालगन्जस“ग भने । बैशाख देखि शैक्षिक सत्र सुरु हुने गर्दछ । त्यसको दुई महिना अघि नै शुल्क निर्धारणका प्रक्रियाहरु टुंगो लाग्नु पर्ने कानुनी व्यवस्था रहेको बताइएको छ ।

2070-11-10

2070-11-11

2070-11-12

2070-11-13

2070-11-14

2070-11-15

2070-11-16

2070-11-17

2070-11-19

2070-11-20

2070-11-21

Posted in March 2014 | Leave a comment

pdf paper

to read dainik nepalgunj in pdf regular click http://www.nepalgunjnews.com

2070-11-09

2070-11-06

2070-11-07

2070-11-08

Posted in Feburery 2014 | Leave a comment